Machhapuchhre FM 91 Mhz

वर्तमान युग संचार र सुचनाको युग हो यसमा दुई मत छैन । मानिसलाई जसरी गाँस, बास र कपासको आवश्यकता छ त्यस्तै गीत, संगीत र सूचनाको पनि अत्यन्त आवश्यकता नै बनिसकेको छ । संचारका बिभिन्न साधन मध्ये सबै भन्दा लोकप्रिय र व्यापक पहुंच भएको माध्यम हो रेडियो । 

पोखराको सबै भन्दा पहिलो एफ.एम स्टेशन माछापुच्छ्रे एफ.एम ९१ मेगाहर्ज स्थापनाकाल (वि.स.२०५७) साल देखि नै तपाईहरुकै अपार, मायां, विश्वास र सहयोगको साथमा सधै सही समाचार, सुचना, वहस, शिक्षा तथा मनोरञ्जनात्मक कार्यक्रमहरु लिएर A Friend of Isolation  भन्ने नारा संगै तपाईको साथमा गुन्जिरहेको छ । कास्की सहित पश्चिमाञ्चल क्षेत्रका १६ वटा जिल्लामा सुन्न सकिने १४० फिट उचाईको टावर र ६ वटा अत्याधुनिक डाईफल भएको १००० वाटको प्रशारण क्षमता भएको माछापुच्छ्रे एफ.एम विहान ४ः५५ वजे देखि राति १२ वजे सम्म दैनिक १९ घण्टा प्रशारण भइृरहेको छ ।  यस एफ.एमले सबेरै सबै भन्दा पहिले विहान  ५ः३० वजे माछापुच्छ्रे डायरी , ६ः०० वजे लोकप्रिय समाचार कायाकैरन, ६ः३० वजे हरेक दिन राजनितिक तथा स्थानिय बहसमुलक कार्यक्रम न्यूज डट कम, ७ः०० वजे विभिन्न सफल व्यतित्वहरुसंगको अन्तरर्वाता, राति ८ः०० वजे नेपाल दर्पणको साथमा प्रत्येक घण्टा ताजा समाचार प्रशारण गरिरहेको छ । समाजमा समुदायको विकास र उन्नतिको लागी माछापुच्छ्रे एफ.एम सदा तत्पर रहेको छ ।